२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

कांग्रेसले साेमबार सङ्कल्प पत्र सार्वजनिक गर्दै

६ कार्तिक, काठमाडाैं । नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीको सङ्कल्प पत्र सार्वजनिक गर्दैछ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाबाट कांग्रेसको सङ्कल्पपत्र आज साँझ ५ बजे कांग्रेस केन्द्रीय कार्यालयमा सार्वजनिक गरिने कार्यक्रम रहेको पार्टी कार्यालयले जनाएको छ । नेपाली कांग्रेसले सोमबार चुनावी संकल्प पत्र सार्वजनिक गर्ने भएको छ । कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबार सभापति शेरबहादुर देउवाले सङ्कल्प पत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

 

‘प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन  २०७९ नेपाली कांग्रेसको सङ्कल्प पत्र नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाबाट २०७९ कार्तिक ६ गते सार्वजनिक गरिने भनिएको कार्यक्रम भोलि २०७९ कार्तिक ७ गते बिहान १०ः३० बजे हुने भएको व्यहोरा यसै विज्ञप्ति मार्फत जानकारी गराइन्छ’, पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : October 23, 2022 at 5:00 pm