१६ आश्विन २०८१, बुधबार | Thu Oct 3 2024

‘गोदावरी साइक्लोथोन २०२२’ हुँदै, ३ सय साइकल यात्री सहभागी हुने

६ कार्तिक, काठमाडाैं ।  ललितपुरको गोदावरी नगरपालीकामा कार्तिक ९ गते ‘गोदावरी साइक्लोथोन २०२२’ आयोजना हुने भएको छ । आयोजक गोदावरी वाणिज्य संघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नगरभित्र रहेका सुन्दर मनोरम, प्राकृतिक, धार्मिक तथा सांस्कृतिक स्थलहरुको प्रवद्र्धन गरि पर्यटकीय गन्तव्यको रुपमा बिकास गर्न साइक्लोथोन आयोजना गरेको जनाएको हो ।

साइक्लोथोनमा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा ख्यातीप्राप्त स्वदेशी तथा विदेशी ३०० साइकल यात्रीहरुको सहभागीता हुने गोदावरी वाणिज्य संघका अध्यक्ष जगन्नाथ महर्जनले जानकारी दिनुभयो ।

गोदावरी नगरपालीकाबाट सुरु हुने साइक्लोथोन ठेचो, चापागाँउ, देवीचौर, टिकाभैरव लगाएतका स्थानको परिक्रमा गरि पुन नगरपालीकामा आएर समापन हुने उहाँले बताउनुभयो ।

साइक्लोथोनका लागि बिभिन्न सुरक्षा निकायको सहयोग रहने र आवश्यक स्वास्थ्यउपचारको पनि उचित प्रवन्ध गरिएको संघले जनाएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आईतवार १४:५४