पाँचौं राष्ट्रिय रोटी मेला भृकुटीमण्डपमा आयोजना
६ कार्तिक, काठमाडाैं । तिहारका अवसरमा काठमाडौंको भृकुटीमण्डपमा पाँचौं राष्ट्रिय रोटी मेला आयोजना गरिएको छ । वर्षेनी तिहारको अवसरमा आयोजना हुँदै आएको मेला यस बर्ष पनि काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिएको हो ।

मेलामा ५० भन्दा बढि प्रकारका रोटी राखिएको थियो । बिभिन्न समूदायमा बनाउने रोटीका परिकारहरु मेलामा राखिएको मेला आयोजक टिकापुरका खर्क बहादुर शाहले जानकारी दिनुभयो । नेपाली चाडपर्वमा रोटीको महत्व हुने भएकाले मेलाको आयोजना गरिएको उहाँले बताउनुभयो ।
प्रकाशित मिति : October 23, 2022 at 2:44 pm









