१६ आश्विन २०८१, बुधबार | Thu Oct 3 2024

पाँचौं राष्ट्रिय रोटी मेला भृकुटीमण्डपमा आयोजना

६ कार्तिक, काठमाडाैं । तिहारका अवसरमा काठमाडौंको भृकुटीमण्डपमा पाँचौं राष्ट्रिय रोटी मेला आयोजना गरिएको छ । वर्षेनी तिहारको अवसरमा आयोजना हुँदै आएको मेला यस बर्ष पनि काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिएको हो ।

मेलामा ५० भन्दा बढि प्रकारका रोटी राखिएको थियो । बिभिन्न समूदायमा बनाउने रोटीका परिकारहरु मेलामा राखिएको मेला आयोजक टिकापुरका खर्क बहादुर शाहले जानकारी दिनुभयो । नेपाली चाडपर्वमा रोटीको महत्व हुने भएकाले मेलाको आयोजना गरिएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आईतवार १४:४४