५ अर्ब ६० करोडको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक, बोलकबोल आजै
६ कार्तिक, काठमाडाैं । नेपाल राष्ट्र बैंकले ५ अर्ब ६० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिन र ३६४ दिनको अवधिको लागि ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे ।
बैंकले ९१ दिनको अवधिको लागि ३ अर्ब ६० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल माघ १० गते परिपक्क हुनेछ । यस्तै, बैंकले ३६४ दिनको अवधिको लागि २ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०८० साल कार्तिक ७ गते परिपक्क हुनेछ ।

राष्ट्र बैंकका अनुसार यो ट्रेजरी बिल आज कार्तिक ६ गते, आइतबार दिउँसो ३ बजे बोलकबोल भएर कार्तिक १४ गते, सोमबार बिक्री हुनेछ ।ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।
प्रकाशित मिति : ६ कार्तिक २०७९, आईतवार १३:१७












