९ मंसिर २०८१, आईतवार | Sun Nov 24 2024

नेपाल इन्स्योरेन्सले घोषणा गर्यो लाभांश, नगद र बोनस कति ?

६ कार्तिक, काठमाडाैं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कार्तिक ४ गते शुक्रबार बसेको कम्पनीकाे संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावित लाभांश बीमा समितिबाट स्विकृत भएर कम्पनीको वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आईतवार १०:५७