लाभांश पारित गर्न निफ्राले बाेलायाे साधारणसभा
६ कार्तिक,काठमाडाैं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले बार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकको संचालक समितिको कार्तिक ४ गते बसेकाबैठकले बैंकको चौथो वार्षिक साधारणसभा बाेलाएकाे हाे । उक्त सभा मंसिर १० गते अनुपम फुडल्यान्ड काठमाडाैंमा बिहान ९ बजेदेखि सुरू हुने छ ।
सभाले गत आर्थिक वर्षको प्रस्तावित चुक्तापुँजी २१ अर्ब ६० करोड रुपैयाँको ४.२१ प्रतिशतले हुन आउने ९० करोड ९४ लाख ६८ हजार रुपैयाँबराबरको नगद लाभांश (करसहित) पारित गर्नेछ।

सभाले कम्पनीको संचालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, कम्पनीको आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने लगायतका दस्तावेजहरु अनुमोदन गर्नेछ।
लाभांश र सभा प्रयोजनका लागि बैंकले मंसिर १ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ कार्तिक ३० गतेसम्म कायम सेयरधनीहरुले मात्रै लाभांश पाउन र सभामा सहभागि हुन सक्नेछन् ।
प्रकाशित मिति : October 23, 2022 at 10:18 am









