नेपाल लाईफले बाेलायाे वार्षिक साधारणसभा, बुकक्लोज कहिले ?
६ कार्तिक, काठमाडाै । नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कार्तिक ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार इन्स्योरेन्स २२ औँ वार्षिक साधारण सभा मंसिर ८ गते, होटल भिष्वा बिरगंजमा बिहान ९ बजेदेखि सुरू हुनेछ ।
सभामा कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १५.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
साथै सभाले संचालक समितिका तर्फबाट अध्यक्षले पेश गरेकाे आर्थिक वर्ष २०७७/७८ को वार्षिक कार्य प्रगति प्रतिवेदन पारित गर्ने, कम्पनीको आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, कम्पनीको लेखापरीक्षण समितिले गरेको सिफारिस बमोजिम आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेण्डाहरू पारित गर्ने छ ।
लाभांश र सभा प्रयोजनका लागि कम्पनीले कार्तिक १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले कार्तिक १७ गतसम्म कायम शेयरधनीले मात्र लाभांश र साधारणसभामा सहभागि हुन पाउनेछन् ।
प्रकाशित मिति : ६ कार्तिक २०७९, आईतवार ०९:५१