१६ आश्विन २०८१, बुधबार | Thu Oct 3 2024

५ कात्तिक, काठमाडाैँ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले देउसीभैलो कार्यक्रम बिहान ७ देखि बेलुका ७ बजेसम्म मात्रै खेल्नका लागि समय तोकेको छ । तिहारको समयमा दियो, मैनबत्ती, पालाहरु बाल्ने एवम् विद्युतीय उपकरणहरु प्रयोग गरी दीपावली मनाउँदा आगजनी जस्ता विपत्जन्य घटनाहरु घट्न सक्ने भएकाले सोतर्फ सचेत रहनसमेत प्रशासनको अनुरोध रहेको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले जिल्लाभर पटाका, आतसबाजी जस्ता प्रज्वलनशील पदार्थको ओसार–पसार नगर्न तथा नपड्काउन अनुरोध गरेको छ । दीपावली तथा छठपर्व नजिकिएसँगै उक्त कार्य गरेको पाइएको खण्डमा प्रशासनले कारबाही गर्ने जनाएको छ ।

प्रशासनले उक्त कार्य नगर्न अनुरोधसमेत गरेको र यदि कसैले सूचनाको अवज्ञा गरी कानुन विपरीतका कार्यहरु गरे वा गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार १०:३८