३१ बैशाख २०८१, सोमबार | Mon May 13 2024

दोस्रो मेलम्ची मेयरकप व्याडमिन्टन प्रतियोगिता, यी हुन विजयीहरू


४ कार्तिक, सिन्धुपाल्चोक । मेलम्चीमा जारी जिल्ला स्तरीय दाश्रो मेलम्ची मेयर कप ब्याडमिन्टन प्रतियोगिता अन्र्तगत शुक्रबार मेलम्ची नगरस्तरीय प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा सिनियर तर्फ राजन श्रेष्ठ र राजु सापकोटाको जोडि पहिलो, कुमार सापकोटा र अनिश दुलाल दोश्रो त्यस्तै रुद्र शरण श्रेष्ठ र सुर्दशन दुलाल तथा राजनमान श्रेष्ठ र शैलेश खड्काको जोडिले तेस्रो स्थान प्राप्त गरेका छन् ।

त्यस्तै जुनियर तर्फ रोशन तिवारी र दिपराज तामाङको जोडि पहिलो ,सन्तोष कोइराला र दिपक दुलाल दोश्रो, प्रकाश श्रेष्ठ र क्रान्ती तामाङ तथा हरिकृष्ण दुलाल र नारायण सापकोटाको जोडि तेश्रो भएको मेलम्ची ब्याडमिन्टन एकेडेमीका सचिव ऋषिराम नेपालले जानकारी दिए ।

प्रतियोगिातमा दुवै तर्फका पहिलो दोश्रो र तेश्रो हुनेले क्रमशः १५ हजार ५ सय ५५, १० हजार ५ सय ५५ र ५ हजार ५ सय ५५ रुपैयाँ नगद सहित प्रमाणपत्र पाउने नेपालले जानकारी दिए । प्रतियोगितामा शनिबार जिल्ला स्तरीय प्रतिस्पर्धा हुनेछ । कार्यक्रमको शुक्रबार बिहान वडा नम्बर ११का वडा अध्यक्ष चन्द्रबहादुर तामाङले उद्घाटन गर्नुभएको थियो भने आइतबार नगर प्रमुख आइतमान तामाङले समापन गर्नेछन ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार २१:३७

https://srdb.com.np/