२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

समाजवादीका राजु गुरूङको उम्मेदवारी सर्वोच्चबाट पनि खारेज

४ कात्तिक, काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता एवं पाँच दलीय गठबन्धनका तर्फबाट रूपन्देही क्षेत्र नम्बर २ को साझा उम्मेदवार रहेका राजु गुरूङको उम्मेदवारी खारेज सर्वोच्च अदालतले सदर गरेको छ । शुक्रबार न्यायाधीशद्धय इश्वर खतिवडा र कुमार रेग्मीको संयुक्त इजलाशले गुरूङको उम्मेदवारी खारेजको निर्णय सदर गरेको हो ।

आयोगले बैङ्किङ कसुरमा सजाय पाएका र अदालतमा मुद्दा खेपिरहेका नेकपा एसका उम्मेदवार गुरुङको उम्मेदवारी निर्वाचन ऐन २०७४ बमोजिम खारेज गरेको थियो । कालो सूचीमा नाम रहेकाले गुरुङको उम्मेदवार हुन नपाउने सर्वोच्चको आदेशमा भनिएको छ। यस्तो छ सर्वोच्चको आदेश ।

 

प्रकाशित मिति : October 21, 2022 at 6:00 pm