२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

एकीकृत समाजवादी परिवर्तन गाउँपालिकाे सिंगो कमिटी नै एमालेमा समाहित

२ कात्तिक, रोल्पा । परिर्वन गाउँपालिका रोल्पामा नेकपा एकीकृत समाजवादीका सिंगो कमिटी नै नेकपा एमालेमा समाहित भएको छ । चुनावी अभियानको क्रममा भएको कार्यक्रममा परिवर्तन गाउँपालिकाका सम्पुर्ण पदाधिकारीसहित सिंगो कमिटी नै एमालेमा समाहित भएको हो ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादी परिवर्तन गाउँ कमिटीका अध्यक्ष तिल बहादुर पुन, सचिव कर्ण बुढा (नेस्नल), गाउँ कमिटी सह–ईन्चार्ज पृथ्वी पुन, जिल्ला सदस्यहरु घन कुमारी घर्ती, सविना विक, गंगा प्रसाद रोका, अरुणा थापा लगातएतका १७ जना भन्दा बढी पदाधिकारीसहित सिंगो एकीकृत समाजवादी परिवर्तन गाउँ कमिटी नेकपा एमालेमा समाहित भएका हुन् ।

पुतलाचौरमा सम्पन्न भएको बैठकमा एमाले परिवर्तन गाउँ कमिटीका अध्यक्ष प्रदिप डाँगीको अध्यक्षता रहेको थियो । कार्यक्रमको प्रमुख अतिथिका रुपमा प्रतिनिधिसभा तर्फका समानुपातिक उम्मेद्वार तथा एमाले केन्द्रीय कमिटी सदस्य कुमार दशौदि, विशिष्ट अतिथिमा प्रतिनिधिसभा प्रत्यक्ष तर्फका उम्मेद्वार तथा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य पुर्ण वुढा, एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा प्रदेश सभा “ख“ का प्रत्यक्ष उम्मेद्वार प्रेमबहादुर घर्ती सहभागी भएका थिए ।

प्रकाशित मिति : October 19, 2022 at 10:21 am