१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

राससका ज्यालादारी पत्रकारको जागिर जोगियो, कार्यविधि बनाएर व्यवस्थापन गर्ने (सहमति पत्रसहित)

३१ असोज, काठमाडाैँ । सरकारी समाचार संस्था राष्ट्रिय समाचार समिति (रासस)का कार्यरत ज्यालादारी २२ पत्रकारको जागिर तत्कालका लागि जोगिएको छ ।राससमा आन्दोलनरत कर्मचारीको पक्षबाट नेपाल पत्रकार महासंघ र राससको व्यवस्थापनका बीचमा भएको वार्तामा सहमति जुटेको हो ।

केहीबरअघि भएको सहमतिमा ज्यालादारी कर्मचारीहरूलाई कार्यविधि बनाएर समाधान खोजिने सहमति भएको वार्तामा मुख्य भुमिका खेलका महासंघका महासचिव रोशन पुरीले दैनिकीलाई जानकारी दिए । कात्तिक १ गतेदेखि घर जानुपर्ने अवस्थामा रहेका पत्रकारले सहमति अनुसार राससमै काम गर्नेछन तर उनीहरूले विगतको जस्तो तलब र सेवा सुविधा पाउने छैनन् ।

रासस व्यवस्थापनका अनुसार लोकसेवा आयोगको प्रकियाबाट मात्रै कर्मचारी र पत्रकार राख्नेगरी तयारी भएको छ । व्यवस्थापनले सधैँको राजनीतिक हस्तक्षेप बन्द गर्ने र योग्यहरूलाई निश्चित पक्रिया पूरा गरेर मात्रै संस्थामा भित्र्याउने गृहकार्य गरिरहेको छ ।

जागिर गुमाउने अवस्थामा पुगेका २२ पत्रकारसहित धर्नाका लागि राससमा पुगेका विभिन्न संघ संस्थाका प्रतिनिधि ।

विभिन्न समयमा नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एमाले नेतृत्वको सरकारका पालामा नेताको सिफारिस, सञ्चारमन्त्रीको तोक आदेश र व्यवस्थापनमा रहनेहरूको तजिबिजीमा जागिर खाएकाहरू दरबन्दीमा स्थायी कर्मचारीको पदपूर्ति हुन लागेपछि समस्यामा परेका थिए ।

गत वर्ष लिइएको लोकसेवाको परीक्षामा ज्यालादारी मध्ये कतिपय  कर्मचारीले उमेर लगायत विभिन्न अयोग्यताका कारण परीक्षामा सहभागिता जनाउनै पाएनन् भने परीक्षामा सहभागी भएका पनि कतिपय अनुतीर्ण भए । त्यसपछि गाँसबाँसकै समस्या हुनेभएपछि विभिन्न संघ संगठनसँग हार गुहार गर्दै उनीहरू राससको मुलढोकामा धर्नामा बसेका थिए । उनीहरूको धर्नाको नेपाल पत्रकार महासंघले नेतृत्व गरेको थियो भने विभिन्न दल निकटका संगठनहरूले ऐक्यबद्धता जनाएका थिए ।

यस्तो छ सहमति । 

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार २०:३४