२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

एमालेका उमेदवारबारे उत्कृष्ट टिकटक बनाउनेलाई २० हजार पुरस्कार

३१ असोज, स्याङजा । नेकपा एमालेको साइबर सर्कल वालिङ्, स्याङ्जाले २० हजार राशीको टिकटक प्रतियोगीता आयोजना गर्ने भएको छ । आगामी प्रतिनिधिसभा तथा प्रदेशासभाको चुनावलाई लक्षित गर्दै सोमवार एक कार्यक्रममा एमाले सचिब पद्मा अर्यालले सो प्रतियोगिताको घोषणा गरेकी हुन् ।

प्रतियोगिताबाट उत्कृष्ट भिडियोहरुलाई छनौट गरि मस्ट पपुलर र क्रियटिभ दुई विधामा एक एक जनालाई पुरस्कार वितरण गरिनेछ । जसमा प्रथमले दश हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगीता असोज ३१ गतेबाट सुरु भएको टिकटक प्रतिस्पर्धा कार्तिक २० गतेसम्म चल्नेछ ।

प्रतिस्पर्धाको अन्तिम नतिजा मंसिर १ गते हुनेछ भने नेकपा एमाले सचिब पद्मा अर्यालले पुरस्कार वितरण गर्नेछन् । टिकटक भिडियो बनाउँदा विभिन्न शर्तहरु लागु हुने साइवर सर्कल स्याङ्गजाका प्रमुख राजु ख्याम काफ्लेले जानकारी दिए। टिकटक भिडियो २०७९ असोज ३१ गतदेखि कार्तिक २० गते सम्मको अवधीमा भिडियो अपलोड अपलोड गरिसक्नुपर्ने सर्त राखिएको छ ।

त्यस्तैगरी, भिडियोको विषयबस्तु नितान्त व्यक्तिगत सिर्जना हुनुपर्नेछ । नेकपा एमालेले अघि सारेका योजना र बिकास आधारित हुनुपर्ने छ । सिर्जना चोरी भए मान्यता दिइने छैन । बढीमा २ मिनेट सम्मको हुनुपर्नेछ । भिडियो नेकपा एमालेका उम्मेदवार बारे हुनुपर्नेछ ।

राष्ट्र निर्माण र स्याङ्जा क्षेत्र नं २ को विकासका निम्ति नेकपा एमाले सरकारले सुरु गरेका कामहरु समेटिनुपर्नेछ । निम्नानुसारको ह्यास ट्याग प्रयोग गरेको हुनुपर्ने #CPNUML #Voteforsun #PadmaAryal #MohanRegmi #BuddhimanShrestha #Syangja साइवर सर्कल स्याङ्गजाका प्रमुख काफ्लेले जानकारी दिए । स्याङ्गजा क्षेत्र नं २ मा भएका कामहरुको विवरण साइवर सर्कल स्याङ्गजाले उपलब्ध गराउने समेत जानकारी दिए ।

प्रकाशित मिति : October 17, 2022 at 6:33 pm