२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

महेश बस्नेतको प्रश्नः भेलुबाजे जस्तो प्रधानमन्त्री यो मुलुकले कतिचोटी खेप्ने ?

३१ असोज, काठमाडाैँ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले सत्ता गठबन्धनले अझैसम्म भावी प्रधानमन्त्रीको तय गर्न नसकेको टिप्पणी गरेका छन ।

रफत संचार क्लबले भक्तपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता बस्नेतले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको अगाडि शेरबहादुर देउवा ‘भेलु बाजे’ जस्तो भएको तुलना गरे ।

नेता बस्नेतले भने, ‘हामीले केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीको रुपमा अघि सारेका छौं। गठबन्धनले अहिलेसम्म को भावी प्रधानमन्त्री भन्ने भन्न सकेको छैन ।’

हाँस्य क्षेत्रका साथीहरु के भन्न थालेका छन् भने अध्यक्ष ओलीको अगाडि शेरबहादुर देउवा त भेलुबाजे जस्तै हो,’ नेता बस्नेतले भने, ‘भेलुबाजे जस्तो प्रधानमन्त्री यो मुलुकले कतिचोटी खेप्ने ?’ वर्तमान गठबन्धन सरकारले सिन्को समेत नभाँचेको बताए ।

प्रकाशित मिति : October 17, 2022 at 3:55 pm