१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन

३० असोज, काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज बिहान निधन भएको हाे ।

मुटु र प्रोष्टेटको समस्या भएका जाेशीमा उनमा कमजोरी बढेपछि यही असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो । रगत परीक्षणको क्रममा उनमा डेंगु संक्रमण समेत पुष्टि भएको थियो ।

शुरुका दिनमा केही सुधार भएजस्तो देखिए पनि पछि उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो । किष्ट मेडिकल कलेजले सत्यमोहन जोशी र उनकी पत्नीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आईतवार ०७:५६