२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

आचारसंहिता विपरित हँसिया-हथौडाको झण्डा बोकेर गाउँछिरे कांग्रेस नेता रामचन्द्र पाैडेल

२८ असोज, तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचन आचारसंहिता विपरित हँसिया-हथौडाको झण्डा बोकेर गाउँछिरेका छन । निर्वाचन आचार संहिताको उल्लंघन गर्दै पाैडेल व्यास नपा-१३ को बेनीकोटमा तनहुँ क्षेत्र नम्बर १ का नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनका उम्मेदवारहरूसँग निर्वाचन प्रचारमा हिडेँका हुन ।

निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएपछि मतदान हुने दिनभन्दा १७ दिन अघिदेखी मात्र निर्वाचन प्रचार प्रसार सम्बन्धि कार्य गर्न पाइने भन्ने व्यवस्था गरेकोमा कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन आचारसंहिताको उल्लंघन भएको हो ।
आचारसंहिता विपरित निर्वाचन प्रचारमा गाउँ छिरेका पाैडेलले राजनीतिक स्थिरता र सुशासन कायम गर्न वर्तमान गठबन्धन क्रियाशील रहेको बताए । उनले राजनीतिक स्थिरता कायम गरी देश विकास गर्ने लक्ष्य आफूहरुको रहेको बताए ।

गाउँमै रोजगारी र गाउँमै आम्दानी सिर्जना हुने वातावरण बनाइने जानकारी गराउँदै आफूले सोही लक्ष्य लिएर राजनीति सुरु गरेको नेता पौडेलले बताए, “गाउँमा सुविधा र रोजगारीको अवसर नभएपछि मानिस सहर झरेका छन्, अहिले गाउँमा सबै सुविधा पुगिसकेको छ, अब आम्दानी र रोजगारीको अवसर पनि पुग्छ”, उनले भने ।

तनहुँले विकासमा काँचुली फेर्ने जिकिर गर्दै वरिष्ठ नेता पौडेलले शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेपछि यो समयमा मात्र तनहुँमा रु दुई अर्बभन्दा बढी बजेट आएको र यसले निरन्तरता पनि पाउने उल्लेख गर्नुभयो । सडक, पुल, खानेपानीको विकासले तीव्रता पाएको र कषि तथा पर्यटनमा पनि क्रान्ति हुँदै गएको उल्लेख गरे । उनले आजै आचारसंहिता विपरित व्यास–१३ बेनीकोट, पोखरीभञ्ज्याङ, गुदी, व्यास–१४ केशवटार, रुम्सी, ठिन, नयाँगाउँमा मतदातासँग भेटघाट गर्ने कार्यक्रम तय भएको कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति : October 14, 2022 at 1:20 pm