१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

नाटक लेखक तथा निर्देशक नुवाकोटका मधुसुदन रेग्मीको क्यान्सरका कारण निधन

२७ असोज, नुवाकोट । नाटक लेखक तथा निर्देशक मधुसुदन रेग्मीको निधन भएको छ । बिहीबार ४१ वर्षको उम्मेरमा रेग्मीको निधन भएको उनको परिवारले जनाएको छ। भरतपुर क्यान्सर अस्पतालमा उपचाररत रेग्मीको अस्पतालले डिस्चार्ज गरेपछि नुवाकोट ल्याउने क्रममा बाटोमै मृत्यु भएको परिवारले जनाएको छ ।

नुवाकोट बेलकोटगढी वडा नम्बर १० स्थायी घर भएका रेग्मीले थ्रुप्रै स्टेज र सडक नाटक लेखन र निर्देशन गरेका छन । त्यसमध्येको दसैँ शीर्षकको उनको नाटक हरेक वर्ष दसैँ र तिहारको बीचमा प्रस्तुत हुँदै आएको थियो । पुरोहितको काम समेत गर्ने गरेका रेग्मी क्यान्सरका कारण केही वर्षदेखि बिरामी रहेका थिए ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहीबार १२:५८