२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

आचारसंहिता उल्लंघन गरेको भन्दै प्रचण्डलाई आयोगले साेध्याे सातदिने स्पष्टीकरण

२६ असाेज, काठमाडाैं । निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आचारसंहिता उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधेको छ । आइतबार गोरखा निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गर्ने क्रममा पञ्चेबाजा प्रयोग गरेको विषयमा आयोगले स्पष्टीकरण सोधेको हो ।

उनलाई सात दिनभित्र स्पष्टीकरण बुझाउन आयोगले निर्देशन दिएको छ । आयोगले उम्मेदवारी दर्ताको क्रममा प्रयोग भएको श्रव्यदृष्यको आधारमा दाहालसँग स्पष्टीकरण सोधेको हो ।

प्रकाशित मिति : October 12, 2022 at 9:01 pm