२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

मलाई उम्मेदवार नबनाए पनि ठीक छ भनेको छैन, उचित समयमा बोल्छुः डा भीम रावल

२५ असोज, काठमाडाैँ । नेकपा एमालेका नेता डा भीम रावलले आफूले पार्टीले टिकट नदिएको सम्बन्धमा अहिलेसम्म कुनै प्रतिक्रिया नदिएको बताएका छन । समाजिक सञ्जाल मार्फत उनले अहिलेसम्म टिकटको विषयमा कुनै प्रतिक्रिया नदिएको र उचित समयमा बोल्ने बताएका छन ।

उनले भनेका छन, ‘मेरो नाम क्षेत्र, जिल्ला र प्रदेशबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारको रूपमा सर्वसम्मत एकल पठाइदा पनि केन्द्रबाट अन्यायपूर्ण किसिमले हटाइएको विषयमा मैले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन। मलाई उम्मेदवार नबनाए पनि ठीक छ भनेको भनी प्रचार गर्नु कुनियत हो। उचित समयमा बोल्ने नै छु।’

प्रकाशित मिति : 07:10