७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

सन्दीपको वयान ‘युवतीले नगरकोटमै बस्न प्रस्ताव गरेकी थिइन मैले नमानेपछि उनी रिसाइन’


२४ असोज, काठमाडाैँ । बलात्कार अभियोगमा प्रहरी हिरासतमा रहेका सन्दीप लामिछानेको प्रहरीले बयान लिइरहेको छ । वयानका क्रममा बलात्कृत भनिएकी युवतीको जन्ममिति नै दुइवटा पाइएको छ भने सन्दीपको करले भन्दा युवतीको रहरले नगरकोट पुगेको कुरा पनि उनको कानुन व्यवसायीले बताएका छन ।

सोमबार पहिलो पटक अदालतमा उपस्थित गराएपछि सन्दिपका कानुन व्यवसायीले उनले इशालाशमा राखेको केही विषय उधृत गर्दै जानकारी दिएका छन । सन्दीपका कानुन व्यवसायीहरूका अुनसार उनको वयान यस्तो छ ।

उनले नगरकोट जान प्रस्ताव गरेपछि मैले त्यता नजाऊँ दरबारमार्गमै चिया कफी पिऊँ भनेको थिएँ । म क्याम्पमा छु। भोलि बाहिर जानुछ भनेको थिएँ । पुगेर आइहालौँ मलाई काठमाडौंको सिन त्यहाँबाट हेर्न एकदमै मन छ भनिन् ।नगरकोट पुगेर फर्किन आफूलाई ढिलो हुन्छ र उनलाई पनि होस्टल फर्किदा बन्द होला भने तर उनले त्यस्तो नहुने बताइन । त्यसपछि हामी नगरकोट पुगेका हाैँ । मैले उनको होस्टल कहाँनेरी हो भनेर सोधे तर पनि उनले देखाइनन् । बीचबाटोबाटै उनी गाडीमा चढिन् । नगरकोट गइसकेपछि त्यहाँ गएर हामीले खाजा खायाै । त्यस समयमा उनी मेरो जिउमा अढेस लागिन् मलाई असहज फिल भयो । पछि उनैले अाज ढिला भयो यतै बसाैँ भनिन् । तर मैले मानिन्, उनी मसँग रिसाइन । मैले मलाई भोलि बाहिर जानुपर्छ, तिमीलाई पनि होस्टल फर्किनुछ भनेँ । त्यसपछि उनी रिसाएर गाडीमा बसिन्। फर्किंदा बाटोमा उनले मेरो होस्टल बन्द भइसक्यो, अब जान मिल्दैन भनिन् । त्यसपछि उनकै आग्रहमा हामी होटलमा बसेका हाैँ । यो सम्पुर्ण प्रक्रियाबाट मेरो आत्मासम्मानमा चोट पुगेको छ। चरित्रहत्या गरिएको छ। ममाथि झुटा आरोप लगाइयो। यसको कुनै उपचार छ श्रीमान् ?

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार १८:१७