२८ बैशाख २०८१, शुक्रबार | Fri May 10 2024

दसैँ कपको उपाधि यति फुटवल क्लव भिक्टोरियालाई, प्लेयर अफ द टुर्नामेन्ट भए आशिष लामा


२४ असोज, एडिलेड । एडिलेड खुकुरी फुटवल क्लवको आयोजनामा एडिलेडमा सम्पन्न बुमेराङ दसैँ कप २०२२ मा भिक्टोरियाको यति फुटबल क्लव विजयी भएको छ । २०१३ देखी एडिलेडमा हुदै आएको दसैँ कपमा यस वर्ष भिक्टोरियाको यति फुटवल क्लवले भिक्टोरियाकै रोयल वेस्टन क्लव माथी ४-१ को अन्तरमा जित हासिल गर्न सफल भएको थियो ।

यसैगरी तेस्रो स्थानका लागि भएको खेलमा एडिलेडका भारतीय मुलका खेलाडीहरुको क्लव एसबिस फुटवल क्लवले युनाइटेड फुटवल क्लवलाई हराउदै तेस्रो स्थान हासिल गर्न सफल भएको थियो । प्रतियोगितामा प्लेयर अफ द टुर्नामेन्ट: आशिष लामा, सर्वाधिक गोलकर्ता: आशिष लामा, उत्कृष्ट मिडफिल्डर: जगजीत श्रेष्ठ, उत्कृष्ट डिफेन्डर : राजन गुरुङ, उत्कृष्ट गोलकिपरः एलन न्यौपाने, म्यान अफ द म्याच फाइनल: आशिष लामा, म्यान अफ द म्याच सेमिफाइनल १: राजिन सुब्बा, म्यान अफ द माटभ सेमिफाइनल २: आशिष लामा भएका थिए ।

बिजेता यती फुटवल क्लब ।

समापन तथा पुरस्कार वितरण कार्यक्रममा प्रथम हुने यति फुटवल क्लवलाई छ हजार पाँच सय कप मेडल खेलका मुख्य प्रायोजक बुमरेङ इन्टरनेशनल सर्भिसका निर्देशक आशिष वाग्ले तथा नेपालमा विभिन्न सामाजिक कार्यहरुमा क्रियाशिल रहेका अगुवा प्रेम भक्त वाग्लेले संयुक्त रुपमा वितरण गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै निर्देशक वाग्लेले खेलाडीहरुलाई वधाई दिदै आगामी दिनमा खेलमा अझ प्रगतिका लागि शुभकामना व्यक्त गरेका थिए । यसैगरी उप विजेता रोयल वेस्टन फुटवल क्लवको टिमलाई दुइ हजार अष्ट्रेलियन डलर, कप, मेडल खेलको प्रायोजक इक्युटेवल ल का निर्देशक कानुन व्यवसायी मोती नरालले वितरण गरेका थिए । भने तेस्रो स्थानमा रहेको एसबिस फुटवल क्लवको टिमलाई एक हजार अष्ट्रेलियन डलर कप मेडल एकेफसीका अध्यक्ष कुमार पुष्प गुरुङले वितरण गरेका थिए ।

प्लेयर अफ द टुर्नामेन्ट तथा सर्वाधिक गोलकर्ता यति फुटवल क्लवका आशिष लामा ।

यसैगरि ३५ वर्ष उमेर माथिको भेट्रा समुहको खेलमा एसबिएस फुटवल क्लव विजेता र ब्रदर्स युनाइटेड फुटवल क्लव उप विजेता भएका थिए । उक्त समुहमा प्लेयर अफ द टूर्नामेंट मनवीर सिंह र सर्वाधिक गोलकर्ता मनदीप सिंह भएका थिए । बालबालिकाहरुको खेलमा ५-० को अन्तरमा एडिलेड नेपाली विद्यालयले नेपाली पाठशाला माथि जित हासिल गरेको थियो ।

प्रतियोगिताकै विचमा एनआरएनए नारी निकुञ्ज अष्ट्रेलियाको आयोजना भएको महिला खेलकुद मेला अन्तरगतका मैत्री पुर्ण खेलहरु समेत भएको थियो । खेलको समापन पछि दैनिकी संग एडिलेड खुकुरी फुटवल क्लवका महासचिव राजन लामिछानेले खेलाडीहरु, प्रायोजकहरु, ज्याकी चाङ र रेफ्री टोलीहरु, स्वयंसेवक तथा सबै सहयोगीहरुमा धन्यवाद ज्ञापन व्यक्त गरेका छन् । उनले दशै जस्तो महत्वपुर्ण चाडबाडका समयमा पनि अन्य राज्यहरु खेलाडीहरुको उपस्थितले उत्साहित बनाएको बताउदै आगामी वर्षको दशै कपलाई अझै भव्य बनाउने बताए ।

उप बिजेता रोयल वेस्टन क्लब ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार १४:१२