एमाले सचिव गोकर्ण विष्टद्धारा गुल्मी २ मा प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता
२३ असोज, गुल्मी । नेकपा एमालेका सचिव एवं पूर्व मन्त्री गोकर्ण विष्टले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गुल्मी क्षेत्र नम्बर २ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन । विष्टसँगै एमालेबाट प्रदेशसभाका लागि(क) बाट डिल्लीराज भुसाल र (ख) बाट दिनेश पन्थीले मनोनयन दर्ता गराएका छन ।
उम्मेद्वारी दर्ता पछि गोकर्ण विष्टले भने, “गुल्मीको थप विकास र जनताको सेवाका लागि नेकपा एमालेको तर्फबाट गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिएको छु । सम्पूर्ण दाजुभाई दिदिबहिनीको हितमा साझा प्रतिनिधिको रुपमा थप भूमिका निर्वाह गर्नेछु । सहयोग, सद्भाव र मतका लागि सबैमा हार्दिक अनुरोध गर्दछु ।”

प्रकाशित मिति : 17:53









