१४ बैशाख २०८३, सोमबार | Tue Apr 28 2026

नेपाल प्रहरीका सर्इ रामबाबुप्रसाद यादव पाँच हजार घुससहित रंगेहात पक्राउ

२७ भदाै, काठमाडाैँ । इलाका प्रहरी कार्यालय रामगोपालपुरका इन्चार्ज सर्इ रामबाबु प्रसाद यादव घुससहित रंगेहात पक्राउ परेका छन् । बुधबार सेवाग्राहीसँग ५ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यादवलाई पक्राउ गरेको हो ।

बुधबार दिउँसोको समयमा सई यादवले एकजना सेवाग्राहीलाई भारतीय बजारबाट सामान ल्याउने क्रममा सीमामा सहयोग गरिदिन्छु भन्दै रकम माग गरेको रकम लिँदै गर्दा यादव पक्राउ परेको अख्तियार दुरुपयोग आयोगको कार्यालय बर्दिवासले जनाएको छ । सई यादवलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको छ ।

प्रकाशित मिति : 18:07