काठमाडाैँ ७ मा रामवीर मानन्धरको स्वतन्त्र उम्मेदवारी
२३ असोज, काठमाडाैँ । काठमाडौं क्षेत्र नम्बर ७ बाट नेकपा एमालेका नेता रामवीर मानन्धरले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । एमालेले टिकट नदिएपछि मानन्धरले स्वतन्त्र उममेदवारी दिएका हुन । मानन्धर एमालेबाट चार पटक जनप्रतिनिधि भएका व्यक्ति हुन । उनी दुइ पटक काठमाडाैँ महानगरपालिका वडा नम्बर १६ को वडा अध्यक्ष जितेका थिए भने दुइ पटक काठमाडाैँ ७ बाटै एमालेबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए ।
प्रकाशित मिति : 15:34









