धादिङ १ ‘क’मा रमेश आचार्यविरूद्ध एमालेकै नेत्र पौडेलको बागी उम्मेदवारी
२३ असोज, धादिङ । धादिङको निर्वाचन क्षेत्र नम्बर १ को ‘क’मा रमेश आचार्यविरूद्ध नेकपा एमालेकै नेत्र पौडेलको बागी उम्मेदवारी दिएका छन । स्थानीय पार्टी कमिटीको सिफारिस र कार्यकर्ताको भावनाविपरित एमालेले रमेश आचार्यलाई टिकट दिएपछि पूर्व जिल्ला अध्यक्ष पौडेलले उम्मेदवारी दिएका हुन । यसअघि स्थानीय निर्वाचनमा पनि एमालेले आचार्यका पिता रामकुमार आचार्यलाई स्थानीय कमिटीको सिफारिस विपरित टिकट दिएको थियो ।
प्रकाशित मिति : 14:16









