२३ बैशाख २०८१, आईतवार | Sun May 5 2024

बैंकको व्याजका कारण पर्यटन व्यवसायी आक्रान्तः पूर्व अध्यक्ष पाण्डे


१३ असोज, काठमाडाैँ । नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा)का पूर्व अध्यक्ष समेत रहेका नेपाल उद्योग व्यवसायी महासंघका उपाध्यक्ष सीएन पाण्डेले अफ्ठेरोमा रहेको पर्यटन क्षेत्रका लागि सरकारले केही नीतिगत रूपमा सम्बोधन गर्नुपर्ने बताएका छन ।

दैनिकी संवादमा कुरा गर्दै उनले व्यवसायीहरू अहिले बैंकको व्याजका कारण आक्रान्त भएको बताए । पाण्डेले राष्ट्र बैंकको गलत नीतिका कारण व्यवसायी समस्यामा परेको बताए । उनले सरकारले दीर्घकालीन हित भन्दा पनि चुनाव केन्द्रीत काममा लाग्दा समस्या देखिएको बताए । उनले पर्यटन व्यवसायको समस्या समाधानका लागि सरकारले नीतिगत सम्बोधन गरेमात्र पुग्ने बताए ।

उनले पर्यटन बोर्ड स्थापनाको उद्देश्यबाट डगमगाएको बताए । उनले हिजोको पर्यटनको अवस्था र आजको पर्यटनको अवस्था नै फरक भैसकेको भन्दै प्रवर्द्धनका लागि गर्नुपर्ने काम हुन नसकेको बताए । बोर्ड अहिले प्रवर्द्धनको काम छाडेर डिरेल भएको देखिएको बताए । पाण्डेले राज्यले व्यवसायीका लागि अनुकुल वातावरण बनाइदिनुपर्ने बताए ।

पाण्डेसँगको कुराकानी तलको लिंकमा हेर्न र सुन्न सक्नुहुन्छ । 

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहीबार १०:१२