१० असार २०८३, बुधबार | Wed Jun 24 2026

झापाका कपडा व्यावसायी खेमराज पौडेलको गाैरीगञ्जको नेपाल–भारत सीमा क्षेत्रमा हत्या

२६ भदाै, झापा । झापाको दमकका कपडा व्यावसायी खेमराज पौडेलको जिल्लाकै गौरीगञ्जमा विभत्स हत्या भएको प्रहरीले जनाएको छ । झापाकै कमल गाँउपालिका-६ घर भइ दमक नगरपालिका-६ मा व्यावसाय गर्दै आएका पौडेलको गौरीगन्जमा पसलको रकम उठाउन बोलाएर हत्या भएको प्रहरीले जनाएको छ । प्रहरीले उनको अपहरणपछि हत्या भएको जनाएको छ ।

पौडेलको शव विभत्स अवस्थामा गौरीगञ्जस्थित नेपाल-भारत सीमाक्षेत्रमा भेटिएको इलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ । पौडेल सोमबारबाटै हराइरहेका थिए । पौडेलको धारिलो हतियार प्रयोग गरी हत्या भएको हो ।

प्रकाशित मिति : September 11, 2018 at 5:13 pm