२६ बैशाख २०८१, बुधबार | Thu May 9 2024

कपन आगलागी अपडेट : मृतकको संख्या ३ पुग्यो


५ असाेज, काठमाडाैं । काठमाडांकाे कपनमा आगलागीबाट मृत्यु हुनेकाे संख्या ३ पुगेकाे छ । बुधवार साँझ कपन गुम्बा नजिकै रहेको ट्रेकिङ अफिसमा आगलागी भएको थियो । कार्यालयमा रहेको अक्सिजन सिलिण्डरहरु पड्किएर ठूलो क्षति भएको छ ।

आगलागीमा परेर ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहराले बताए । इलाइट हिमालयन एडभेन्चर प्रालिमा लागेको आगो सुरक्षाकर्मीले निभाएका छन् । मृतकको पहिचान खुलेको छैन् ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार २१:२९