२६ बैशाख २०८१, बुधबार | Thu May 9 2024

काठमाडाैंकाे कपनमा आगलागी, एक जनाको मृत्यु


५ असोज, काठमाडौं । काठमाडाैंकाे कपनमा रहेकाे एक घरमा भीषण आगलागी भएकाे छ । आगलागीमा परेर एक जनाको मृत्यु भएको छ । अहिले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

राम मन्दिर नजिकै रहेको एक ट्रेकिङ अफिसमा बुधबार साँझ आगलागी भएको थियो । कार्यालयमा रहेको अक्सिजन सिलिण्डरहरु पड्किएर ठूलो क्षति भएको छ ।

घरको दोस्रो तलामा रहेका एक जनाको मृत्यु भएको प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार घरको माथिल्लो तलामा रहेका अन्यको उद्दार गरिएको छ । अहिले दमकल र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार २०:३८