३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

काठमाडाैंकाे कपनमा आगलागी, एक जनाको मृत्यु

५ असोज, काठमाडौं । काठमाडाैंकाे कपनमा रहेकाे एक घरमा भीषण आगलागी भएकाे छ । आगलागीमा परेर एक जनाको मृत्यु भएको छ । अहिले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

राम मन्दिर नजिकै रहेको एक ट्रेकिङ अफिसमा बुधबार साँझ आगलागी भएको थियो । कार्यालयमा रहेको अक्सिजन सिलिण्डरहरु पड्किएर ठूलो क्षति भएको छ ।

घरको दोस्रो तलामा रहेका एक जनाको मृत्यु भएको प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार घरको माथिल्लो तलामा रहेका अन्यको उद्दार गरिएको छ । अहिले दमकल र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : September 21, 2022 at 8:38 pm