१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

काठमाडौंको गोठाटारमा गोली चल्यो

३ असोज, काठमाडौं । काठमाडौंको गोठाटारमा गोली चलेको छ । गोली लागेर एक जना घाइते भएका छन् । नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरिक्षक कृष्ण कोइरालाले बताए ।

तर कसले र के कारणले गोली चलाएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए । घाइतेलाई ३ वटा गोली लागेको छ र उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार १९:५२