८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

निर्वाचन अपाङ्गमैत्री मनाउन माग

२ असाेज, चितवन । यहि मङ्सिर ४ गते हुन हुने प्रतिनिधि सभा एबं प्रदेश सभा निर्वाचनलाई अपाङ्गमैत्री बनाउन जिल्लाका सबै राजनैतिक दलसमक्ष माग गरिएको छ । नेत्रहिन युवा सङ्घ नेपाल चितवन शाखाले जिल्लामा कृयाशिल राजनैतिक दलहरुलाई ज्ञापनपत्र बुझाउँदै अपाङ्गमैत्री वातावरण बनाउन ध्यानाकर्षण गराएका हुन् । सङ्घका जिल्लासचिब किरण पन्तका अनुसार नेकपा एमाले, नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, बिबेकशिल साझा पार्टी, राप्रपा र निर्वाचन कार्यालयमा ज्ञापनपत्र बुझाइएको हो ।

प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा अपाङ्गता भएका व्यक्तिले सहजै मतदान गर्न मिल्ने गरी व्यवस्था मिलाउनका लागि पहल गर्न दलहरुको ध्यानाकर्षण गराइएको उनले बताए । समानुपातिक निर्वाचन प्रणालीमा दलहरुले नाम सूचिकृत गर्दा अपाङ्गता भएका व्यक्तिहरुलाई प्रथामिकतामा राखिनुपर्ने, उनीहरुको हक अधिकारका बारेमा आफ्नो घोषणा पत्रमा स्पष्ट उल्लेख हुनुपर्ने, मतदान गर्नका लागि अपाङ्गता भएका व्यक्तिहरुलाई सहज बातावरण वनाइनुपर्नेलगायत माग ज्ञापनपत्र उल्लेख गरिएको छ ।

सङ्घकी जिल्ला कोषाध्यक्ष कोपिला केसीले मतदानस्थलमा स्वयमसेवीका रुपमा कम्तिमा एक अपाङ्गता भएका व्यक्तिलाई समेत परिचालन गर्न दलहरुलाई सुझाव दिइएको बताए । ज्ञापनपत्र बुझ्दै दलका नेताहरुले आगामी निर्वाचन अपाङ्गमैत्री बनाउन राजनैतिक दलहरुले प्रतिबद्धता जनाएका उनको भनाइ थियो ।

नेकपा एमालेका बाग्मती प्रदेश कमिटी सदस्य कृष्णप्रसाद भुर्तेलले एमालेले यसअघि पनि अपाङ्गका मुद्दालाई प्राथमिकतामा राखेर अगाडि बढेको र आगामी दिनमा पनि पहल गर्ने बताए । नेपाली कांग्रेसका जिल्लासचिव सूर्य अर्यालले आफ्नो दल लोकतन्त्रमा आस्था राख्ने पार्टी भएकाले अपाङ्गमैत्री निर्वाचन गराउन पहल गर्ने प्रतिबद्धता जना । अपाङ्गका समस्या समाधान गर्न दलहरुमार्फत निर्वाचन आयोगलाई दवाव दिने उनीहरुको भनाइ थियो

प्रकाशित मिति : September 18, 2022 at 12:48 pm