३ असार २०८१, सोमबार | Mon Jun 17 2024

गगन थापालाई डेंगु संक्रमण


३१ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई डेंगु संक्रमण भएको छ । एक्कासि बिरामी भएपछि परीक्षण गर्ने क्रममा उनमा डेंगु संक्रमण पुष्टि भएको हो ।

अचानक शरीर दुख्ने र ज्वरो आउने भएसँगै उनको स्वास्थ्य परीक्षण गर्दा डेंगु देखिएको हो । अब केही दिन उनी आराम गर्ने र कुनै भेटघाट नहुने उनको सचिवालयले जानकारी दिएको छ ।

थापालाई १०४ डिग्री ज्वरो आएको थियो । पछिल्लो समय नेता तथा कार्यकर्ताको भेटमा निकै व्यस्त रहेका थापा बढी नै धपेडीमा थिए ।जिल्ला जिल्लाबाट आएका उम्मेदवारका आकांक्षीहरू उनको घरमै लाइन लागेर उनीसँग आफ्ना विचार राख्दै आएका थिए ।

त्यति मात्र होइन थापा आफू आफ्नो उम्मेदवारी क्षेत्र काठमाडौं–४ का विभिन्न क्षेत्रमा जानुका साथै अन्य राजनीतिक भेटघाटहरूमा समेत सक्रिय थिए । चिकित्सकको सल्लाहअनुसार औषधि लिँदै उनी निवासमै आराम गरिरहेका छन् ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार १५:४५