३ असार २०८१, सोमबार | Tue Jun 18 2024

५ क्यासिनोले महानगरपालिकालाई बुझाए मनोरञ्जन कर


२८ भदाै, काठमाडौं । ५ वटा क्यासिनोले काठमाडौं महानगरपालिकालाई मनोरञ्जन कर बुझाएका छन् । महानगरपालिकाले एक साताभित्र मनोरञ्जन कर तिर्न ताकेता गरेपछि पाँच वटा क्यासिनोहरुले महानगरपालिलाई कर तिरेका हुन् । अहिलेसम्म महानगरपालिकाले विभिन्न संस्थाबाट मनोरञ्जन करबापत ८४ लाख ३४ हजार ९३१ रुपैयाँ कर बुझाएका हुन् ।

महानगरको राजस्व विभागकाअनुसार काठमाडौं फनपार्कलाई भदौ १५ गते पत्र पठाएपछि १६ गते १७ लाख ३६ हजार रुपैयाँ मनोरञ्जन कर तिरेको थियो । त्यस्तै, महानगरले विभिन्न क्यासिनोलाई मनोरञ्जन कर तिर्न भन्दै भदौ १९ गते पत्र पठाएको थियो ।

महानगरपालिका अनुसार म्यारियट होटलमा रहेको डेल्टीन क्यासिनोले २१ लाख ४२ हजार, अन्नपुर्ण होटलमा रहेको क्यासिनो प्यालेसले ११ लाख ८५ हजार ४ सय ६३ रुपैयाँ मनोरञ्जन कर बुझाएका छन् ।

यस्तै, हायात होटलमा रहेको प्राइड इन्टरटेनमेन्ट एण्ड रिक्रिएसनले ९ लाख ८९ हजार ४ सय ६०, होटल सोल्टीमा रहेको माजोङ्ग इन्टरटेनमेन्टले ९ लाख ९३ हजार ६ सय र होटल एलफ्टमा रहेको बाल्को क्यासिनोले १३ लाख ८८ हजार ३ सय ६३ रुपैयाँ मनोरञ्जन कर बुझाएका महानगरले जनाको छ । क्यासिनो र्‍याट र रोयल क्यासिनो याक एण्ड यति हाल सञ्चालनमा नरहेको महानगरले जनाएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलवार १७:२७