३ असार २०८१, सोमबार | Tue Jun 18 2024

परराष्ट्रमन्त्री डा खड्का र अध्यक्ष लीबीच भेटवार्ता


२८ भदाै, काठमाडाैं । परराष्ट्रमन्त्री डा नारायण खड्कासँग नेपालको औपचारिक भ्रमणमा रहनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुले शिष्टाचार भेटवार्ता गरेका छन् ।

आज यहाँ भएको भेटमा आपसी हित, नेपाल र चीनबीचको सम्बन्धलगायतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सोमबार नेपाल भ्रमणमा आउनुभएका अध्यक्ष लीले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा( माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि भेटवार्ता गरेका थिए ।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलवार १६:४६