७ कार्तिक २०८३, शुक्रबार | Fri Oct 23 2026

काठमाडाैँ ९ मा सञ्चारकर्मी मधु कार्कीको स्वतन्त्र उम्मेदवारी घोषणा

२७ भदौ, काठमाडौँ । सञ्चारकर्मी मधु कार्कीले काठमाडौँ क्षेत्र नम्बर ९ मा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छिन । स्थानीय चुनावदेखि स्वतन्त्रहरूको चर्चा चुलिदैँ गएको अवस्थामा सञ्चारकर्मीहरूले पनि आफ्नो उम्मेदवारी प्रस्तुत गरिरहेका छन । यही क्रममा मधुले पनि काठमाडौँ क्षेत्र नम्बर ९ मा आफ्नो उम्मेदवारी रहेन घोषणा गरेकी हुन ।

उनले अाफ्नो उम्मेदवारी घोषणासँगै भनेकी छिन, ‘सस्टेनेबल डेभ्लोमेन्ट तथा सर्भिस वरेन्टेड सिस्टमका साथै पब्लिक वरेन्टेड लिडरसिपका लागि मेरो उमेदवारी एक पाइलट प्रोजेक्ट हुनेछ ! आध्यात्म मेरो देशको पहिचान अनि समृद्धिको मुल आधार हो !मानव जीबनको पन्च तत्वमा म बिश्वास गर्छु ! मेरो बिकासको एजेन्डाका प्रतिबद्दता पन्च तत्वमा आधारित छ !’

कार्कीले अघि भनेकी छिन, ‘विकासको एजेन्डा पनि मानव जीवनमा नवाैँ ग्रहको आध्यात्मिक महत्वपूर्ण भुमिका जस्तै नेपालको दिगो बिकासका लागि आध्यात्म, इतिहास तथा विज्ञानको सुन्दर केमेस्ट्रीका साथ प्रोगेसिप नीतिका नाैै डाइनामिक पिल्लरका बुलन्द्द एजेण्डा अफिसियल्ली उमेदवारी घोषणाका दिन प्रष्ट्याउने छु !’

उनले भाषण, चर्को आवाज, घरदैलो नमस्ते जस्ता विषय आफ्नो चुनावी अभियान नहुने भन्दै भनेकी छिन, ‘विकासका लागि युवा स्वरोजगारका क्रियटिभ भिजन,नेपाली जन-जीवनको जीवन स्थर उकास्न मद्दत पुग्ने तथा हाल देशको फोहोर मैला यावत अस्त ब्यस्थतालाइ ब्यबस्थापनमा प्राथमिक सहयोग पुग्न सक्ने सम्भावना तथा दीर्घकालीन समाधानका साथै नेपालको सस्टेनेबल डेभलोमेन्टका लागि सहयोग, सम्भावना, उत्पादन, अन्तरास्टृय प्लाटफर्मका आधारका साथै फराकिलो कुटनितिक छाताका लागि ग्लोबल ढोकामा जनता र राष्ट्रका लागि म घर दैलो गर्न चाहन्छु !’

प्रकाशित मिति : September 12, 2022 at 8:47 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/