१० असार २०८३, बुधबार | Wed Jun 24 2026

प्रस्तावित प्रधानन्यायाधीश मिश्रविरुद्ध परेको एक उजुरी फिर्ता, तीन उजुरीमा छलफल हुँदै

२४ भदाै, काठमाडाैँ । सर्वोच्च अदालतका लागि प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रविरुद्ध परेको एउटा उजुरी फिर्ता भएको छ । चार वटा उजुरी परेकोमा एउटा फिर्ता भएको हो । बाँकी उजुरीमा अाज छलफल हुँदैछ । दर्ता उजुरीमध्ये एउटा उजुरी सम्बन्धितले फिर्ता गरेका कारण मिश्रविरुद्ध जम्मा तीनवटा उजुरीमा सुनुवाइ हुने समितिका एक सदस्यले बताए ।

 ललितपुर सैबुको जग्गा रोक्का राख्ने तत्कालीन सैबु गाविसको निर्णय बदरविरुद्ध परेको निवेदन उजुरीकर्ताले नै फिर्ता लिएका छन्। जग्गा सार्वजनिक वा व्यक्तिका नाममा दर्ता विवाद कायम छ। मिश्रसमेतको इजलासले रोक्का बदर गरी हक कायम गर्दै मालपोतलाई क्षेत्राधिकार दिएको थियो। प्रधानन्यायाधीशका लागि संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश मिश्रको सुनुवाइ भने भोलि सोमबार गर्नेछ।

मिश्रविरुद्ध एनसेलसम्बन्धी मुद्दाको आदेशलगायत, त्रिभुवन विश्वविद्यालयको प्रश्नपत्र बिक्रीसम्बन्धी आरोपित व्यक्तिको पक्षमा गरेको आदेशसम्मका उजुरी परेका छन्। एनसेल सम्बन्धी मुद्दामा लाभकर लाभांश लैजान दिने आदेश गरेको, सूर्य नेपालको कर छली मुद्दामा कम्पनीलाई साथ दिएको उजुरी परेको छ । यसअघि प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको सुनुवाईको क्रममा पनि एनसेलको मुद्दामा गलत आदेश दिएको भन्दै निकै आलोचना भएको थियो।

प्रकाशित मिति : September 9, 2018 at 7:46 am