७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

सरकारले माग्यो १ लाख १५ हजार म्यादी प्रहरी

२६ भदाै, काठमाडौं । आगामी मंसिरमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९ को लागि गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालयले म्यादी प्रहरीको माग गरेको छ । म्यादी प्रहरीमा १ लाख १५ हजार जनाका लागि भर्ना खुलाइएको छ। प्रहरी प्रधान कार्यालय नक्शालले आज (आइतबार) सूचना जारी गर्दै १ लाख १५ हजार म्यादी प्रहरीको माग गरेको हो ।

म्यादी प्रहरीमा भर्ना हुन इच्छुकले यही भदौ ३० गतेबाट दरखास्त पेस गर्न सक्नेछन्। म्यादी प्रहरीमा भर्ना हुन इच्छुकले यही भदौ ३० गतेबाट दरखास्त पेस गर्न सक्नेछन्। म्यादिव प्रहरीका लागि प्रतिदिन ८६९ रुपैयाँको दरले ४० दिनसम्म गरी ३४ हजार ७६० रुपैयाँ पारिश्रमिक दिइनेछ । त्यसैगरी, खाद्यान्नवापत प्रतिव्यक्ति एकमुष्ट ७ हजार २ सय रुपैयाँ हुनेछ भने हिमाली जिल्लामा खटिने म्यादी प्रहरीहरुको हकमा जिल्लाको न्यूनतम राशन दररेटअनुसारको रकम पाउनेछन् ।

त्यस्तै, पोशाक तथा अन्य सामान खरिद गर्ने गरी प्रतिव्यक्ति ६ हजार उपलब्ध हुनेछ भने हिमाली जिल्लामा खटिने म्यादीलाई ज्याकेट खरिद गर्न थप १ हजार पाउनेछन् । साथै, निर्वाचनका क्रममा खटिने म्यादी प्रहरीहरुलाई खटिएको ठाउँमा आउने र जाने तयारी स्वरुप म्यादी प्रहरीलाई १ हजार रुपैयाँ र ३ सय रुपैयाँका दरले ४ दिनको खाजा खर्च उपलब्ध हुनेछ ।

प्रकाशित मिति : September 11, 2022 at 10:57 am