१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

१० किलो सुनका बिस्कुटसहित गोरखामा दुई जना पक्राउ

२३ भदौ, गोरखा ।गाेरखाबाट  १० किलो अवैध सुनका बिस्कुट सहित दुई जना पक्राउ परेका छन् ।  चुमनुव्री गाउँपालिका–७ छेकम्पारका मुटुक लामा र लोप्सान तेन्जे लामालार्इ  शनिवार  पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

चीनसँगको खुल्ला सिमाना भएकाले सुन तस्करी हुने आशंकामा उक्त क्षेत्रमा चेकजाँचको क्रममा उनीहरुको साथबाट सुन बरामद गरिएको जिल्ला प्रहरी प्रमुख एसपी बिमल बस्नेतले बताए । दुइ जनाको साथमा ५/५ किलोको सुनका बिस्कुट भेटिएकाे बस्नेतले बताए ।

प्रकाशित मिति : September 8, 2018 at 6:55 pm