१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

मदिरा सेवन गरेर प्रहरीसँग झगडा गर्ने नुवाकोटका अधिकारीसहित २ चालक पक्राउ

२१ भदाै, काठमाडाैँ । मदिरा सेवन गरेर प्रहरीसँग झगडा गर्ने नुवाकोटका रञ्जन अधिकारीसहित २ चालक पक्राउ परेका छन । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार भाडाको ट्याक्सी चलाउने नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ५ घर भएका अधिकारीले हलचोकमा ट्राफिक प्रहरी माथि अभद्र व्यवहार गरेको थिए ।

गएराति साँढे ९ बजे बा २ ज ४६५९ नम्बरको ट्याक्सी चलाइरहेका अधिकारीले मापसे गरेको पाइएको प्रहरीले जनाएको छ ।अधिकारीलाइ ट्राफिक प्रहरीले ट्याक्सी सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी प्रहरी वृत्त स्वयम्भुमा बुझाएको छ ।

त्यस्तै मापसे गरेर एम्बुलेन्स चलाइ प्रहरीमाथि नै अभद्र व्यवहार गर्ने धनुषाको ढल्केवरका ३५ बर्षीय कमल बहादुर श्रेष्ठलाई पनि गएराती ११ बजे, काठमाडौंको महाराजगंजबाट पक्राउ परेका छन । उनलाइ ट्रफिक प्रहरीले महानगरीय प्रहरी वृत्त स्वयम्भूमा बुझाएका छन ।

मापसेको कसुरमा कारवाहीमा परेका दुवै चालकलाई सम्बन्धित वृत्तहरूले अभद्र व्यवहारको कसुरमा मुद्धा दायर गर्न म्याद थपको लागी जिल्ला अदालत पठाएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रहरी उपरिक्षक अवदेश विष्ट क्षेत्रीले जानकारी दिएका छन ।

मादक पदार्थ सेवन गरी सवारी साधन चलाएका उनीहरुलाई कारबाही गर्न खोज्दा ट्राफिक प्रहरीमाथि नै अभद्र व्यवहार गरेको समेत पाईएको छ । सार्वजनिक सवारी साधनका चालकहरुले मापसे गरेर सवारी साधन चलाउन थालेपछि दुर्घटनाको जोखिम बढेकाले सम्भावित दुर्घटनालाई रोक्नका लागी ट्राफिक चेकजाँचलाई तिव्रता दिईएको समेत प्रवक्ता एवं प्रहरी वरीष्ठ उपरीक्षक भट्टले बताए ।

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलवार १३:४७