२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

सानिमा माई हाइड्रोपावरले घोषणा गर्यो लाभांश, बुकक्लोज कहिले ?


२१ भदाै, काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । सोमबार बसेको कम्पनीको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट ५.२६३२ प्रतिशतले हुन आउने १६ करोड २५ लाख ८९२ हजार १ सय ५८ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्ताले पाउने कम्पनीले जनाएको छ ।

साथै कम्पनीले आफ्नो ११ औँ वार्षिक साधारणभा आउँदो कात्तिक २ गते आयोजना गर्ने निर्णय गरेको छ। लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले असोज १२ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज ११ गतेसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीको लाभांश पाउन र सभामा सहभागि हुन सक्नेछन्।

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलवार ११:१३