२१ जेष्ठ २०८३, बिहिबार | Thu Jun 4 2026

सुनको भाउ तोलामा एक सयले घट्यो

१७ भदौ, काठमाडौं । नेपाली बजारमा सुनको भाउ तोलामा एक सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक सय रुपैयाँले घटेर ९३ हजार रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९२ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ । आज चाँदीको मुल्य एक हजार १०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकोे छ ।

प्रकाशित मिति : September 2, 2022 at 12:32 pm