९ असार २०८३, मंगलबार | Wed Jun 24 2026

अल्टिच्युड एअरको हेलिकप्टर नुवाकोट र धादिङको सीमामा खसेको अाशंका

२३ भदाै, काठमाडाैँ । गोरखाबाट काठमाडौं आउँदै गरेको अल्टिच्युड एअरको हेलिकप्टर सम्पर्कविहीन भएको तीन घण्टापछि नुवाकोट र धादिङको सीमा क्षेत्रमा खसेको अाशंका गरिएको छ ।  नुवाकोटको मेघाङ र धादिङको सतिदेवीको बीचमा हेलिकप्टर हराएको अांशका गरिएको छ । गोरखाका पत्रकार लिलाधर कोइरालले धादिङ सतिदेवीको रिक्की नजिकै हेलिकप्टर दुर्घटना भएको र विस्तृत विवरण अाउन बाँकी रहेको जनाएका छन भने विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले खोजी कार्य जारी रहेकाले अहिले दुर्घटनाग्रस्त भन्न नमिल्ने बताइ ।

यता नुवाकोटको मेघाङमा हेलिकप्टर दुर्घटना भएको भनेर स्थानीयले फेसबुकमा लेखेपछि दैनिकीले नुवाकोटका प्रहरी प्रमुख एसपी बसन्त कुँवरसँग सम्पर्क गर्दा उनले नुवाकोटको हल्ला अाए पनि सीमा क्षेत्रको धादिङको सतिदेवीमा हेलिकप्टर भेटिएको खबर पाएको र पुष्टिका लागि प्रयास भैरहेको बताए ।

बिहान ८ बजेर १८ मिनेटमा ल्याण्ड हुनुपर्ने हेलिकप्टर विमानस्थल नै नअाएपछि हराएको भनेर खोजी गरिएको थियो ।  क्षेत्रीका अनुसार गोरखाको सानोगाउँबाट उडेको केही मिनेटमै हेलिकप्टर सम्पर्कविहीन भएको हो । हेलिकोप्टरमा कति यात्रु थिए भन्नेबारे केही जानकारी आएको छैन ।

 

प्रकाशित मिति : September 8, 2018 at 10:53 am