२३ बैशाख २०८१, आईतवार | Mon May 6 2024

१५ भदौ, काठमाडौं । सुनचाँदीको मूल्य घटेको छ । मंगलबारको तुलनामा बुधबार सुनचाँदीको मूल्य घटेको । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार बुधबार तोलामा ८०० रुपैयाँले घटेर ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुनको मूल्य प्रतितोला ९४ हजार ८०० रुपैंया रहेको थियो ।

तेजावी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, बुधबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर १ हजार १३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदीको मूल्य स्थिर रहँदै १ हजार १४५ रुपैयाँमा किनबेच भएको थियो ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार १२:३७