२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

नुवाकोटबाट एमाले बागमतीमा प्रतिनिधित्व गर्ने नेताले पाए भूगोलको जिम्मेवारी (सूचीसहित)

१५ भदाै, नुवाकोट । नेकपा (एमाले) बागमती प्रदेश कमिटीले संगठन कमिटीका सदस्यहरूलाई भाैगोलिक कमिटीको जिम्मेवारी दिएको छ । मंगलबार प्रदेश अध्यक्ष केशवराज पाण्डेले परिपत्र २२ जारी गर्दै संगठन कमिटीका सदस्यहरूको भाैगोलिक जिम्मेवारीको जानकारी गराएका छन ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर ४ का लागि तोकिइसकेको अवस्थामा एमालेले तोकेको भाैगोलिक जिम्मेवारीलाई महत्वपूर्ण रूपमा हेरिएको छ । नुवाकोटबाट प्रदेश संगठन कमिटीमा प्रतिनिधित्व गर्ने ३१ जना सदस्य मध्ये ३० जना सदस्यका लागि भूगोलको जिम्मेवारी तोकिएको छ ।

जम्मा १२ वटामात्र पालिका भएको नुवाकोटमा प्रदेश कमिटीका पदेन सदस्य बद्री मैनाली र सदस्य पूर्णलाल श्रेष्ठले सिंगो पालिका हेर्ने जिम्मेवारी पाएका छन भने बाँकीले १० वटा पालिकामा वडास्तरमा जिम्मेवारी पाएका छन । नेताहरूले दुई वटा वडादेखि पाँच वटा वडासम्मको जिम्मेवारी पाएका छन । नुवाकोटबाट बागमती प्रदेशमा प्रतिनिधित्व गर्ने नेताहरूले पाएको भाैगोलिक जिम्मेवारी यस्तो रहेको छ ।

प्रकाशित मिति : 08:23