२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

सुनको मूल्यमा सामान्य वृद्धि


१४ भदौ, काठमाडौं । सुनको भाउमा सामान्य वृद्धि भएको छ । तीजको दिन मंगलबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले बढेर ९४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि, सोमबार छापावाल सुन तोलाको ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९४ हजार ३०० रुपैयाँ निर्धारण भएको छ । सोमबार तेजावी सुनको भाउ तोलाको ९४ हजार रुपैयाँ निर्धारण भएको थियो । मंगलबार चाँदीको भाउ भने स्थिर छ । मंगलबार चाँदीको भाउ प्रतितोला ११ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलवार १२:१६