२१ भदौ २०८३, आइतबार | Sun Sep 6 2026

ओएनएफ अष्ट्रेलियाको अध्यक्षमा केशव जोशी

१३ भदाै, अष्ट्रेलिया । अष्ट्रेलिया । प्रवासी नेपाली मञ्च(ओएनएफ) अष्ट्रेलियाको पाचौँ अधिवेशनबाट अध्यक्षमा पुनः केशव जोशी निर्वाचित भएका छन् । सिड्नीको अबर्नमा शनिवार भएको अधिवेशनले जोशीको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कमिटी निर्वाचित गरेको छ ।

समितिको  उपाध्यक्षमा बालगोपाल उपाध्याय, चीन बहादुर नेपाली र राम घिमिरे चयन भएका छन त्यस्तै सचिव प्रकाश पन्थी, सहसचिवहरु असिम कोइराला, होमनाथ निरौला, हेमराज खनाल चयन भएका छन ।

त्यस्तै  आर्थिक विभाग प्रमुखमा दिपक पहारी सदस्यहरुमा सिता थापा, नरवीर नेम्वांग, उत्तम अधिकारी, सुजन लामिछाने, विएन मण्डल, दिनेश पाण्डे, किशोर भन्डारी, नारायण बस्नेत, विशाल रानामगर, पर्वत मगर, प्रकाश पौडेल, प्रेमप्रकाश शाही, भवानी पौडेल, कृष्ण गैरे, सूर्यमोहन शर्मा, विजय फुँयाल, भुवन पाण्डे, कृष्ण सापकोटा, रमेश पाण्डे, मुगेन गौतम, द्रोण पन्त, संदिप पोखरेल, तेजेन्द्र विक्रम मल्ल चयन भएका छन ।

अधिवेशनको उद्घाटन सत्रमा सम्बाेधन गर्दै नेकपा एमालेका विदेश विभाग प्रमुख एवं संविधानसभा सदस्य डा राजन भट्टराई ।

अधिवेशनको उद्घाटन गर्दै नेकपा एमाले विदेश विभाग प्रमुख एवं संविधानसभा सदस्य डा  राजन भट्टराईले प्रवासी नेपालीहरुलाई मातृभुमीमा आर्थिक लगानीको अतिरिक्त ज्ञान र सिप समेत भित्राउन आग्रह गरे । भट्टराईले नागरिकता विधेयकमा प्रवासी नेपालीहरुको सम्बन्धमा गरेको व्यवस्थाको पक्षमा एमाले रहेको तर भौगोलिक विशिष्ट अवस्थितिका कारण विवाह हुने वित्तिकै विदेशी महिलाहरुले नागरिकता दिने र स्वघोषणा सम्बन्धी व्यवस्था माथी फरक मत रहेको बताए । नेपालको असंलग्न परराष्ट्र निति माथी खेलवाड गर्दै छिमेकी राष्ट्रहरुको सम्वन्ध बिगार्ने वर्तमान सरकारको काम रोक्न देशमा एमालेको सरकार आवश्यक रहेको समेत बताए ।

कार्यक्रममा प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटी सचिव रमेश पाण्डेले मञ्चले कोरोना महामारी र अन्य विपदमा नेपालमा पुर्याएको सहयोगको प्रशंसा गर्दै आगामी नेतृत्वले अष्ट्रेलिया रहेको नेपाली समुदाय र मातृभूमिका लागि सहयोगी बन्न आग्रह गरेका थिए ।

कार्यक्रममा मञ्चको अन्तराष्ट्रिय कमिटी सल्लाहकार संजय थापा, ओशियाना ईन्चार्ज डा. विनोद श्रेष्ठ, नेपाली वाणिज्य दुतहरु आत्माराम खनाल (न्युजिल्याण्ड), दिपक खड्का(न्यु साउथ वेल्स, अष्ट्रेलिया), दिनेश खड्का (अकल्याण्ड), ओएनएफ ओशियाना अध्यक्ष राजु उपाध्याय र सचिव रमेश पौडेल, एनआरएनए अन्तर्राष्ट्रिय समवन्य परिषद सचिव होम पाण्डे, ओशियाना संयोजकहरु दिनेश जोशी र केशब सापकोटा, सह संयोजक अशोक केशी, एनएसडव्लु संयोजक देब गुरुङ, उपाध्यक्ष स्विकृती भट्ट, एनआएनए अष्ट्रेलियाका पुर्व अध्यक्षहरु महेन्द्र ओली र गोबा कटुवाल, नेकपा एमालेका पुर्व केन्द्रिय सदस्य नन्द लाल जोशी, नेपाल अष्ट्रेलिया जर्नालिस्ट फोरमका अध्यक्ष ऋषि आचार्य, नेपाली जनसम्पर्क समिति अष्ट्रेलिया अध्यक्ष सुरेश गुरुङ, नेप्लिज अष्ट्रेलियन डेमोक्रयाटिक फोरम अध्यक्ष भिष्म भण्डारी, नेपाली जन प्रगतिशील मञ्चका नेता झलक राज ढुङ्गाना लगायतका बक्ताहरुले अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए ।

उद्घाटन सत्र मञ्चका अध्यक्ष केशब जोशीको अध्यक्षता, सचिव शिशिर नेपालको संचालनमा भएको थियो भने स्वागत मन्तव्य प्रवक्ता सन्तोष दहाल र धन्यवाद मन्तव्य एनएसडव्लु अध्यक्ष कृष्ण सापकोटाले व्यक्त गरेका थिए । यस अघि सोहि बन्द सत्रले अध्यक्ष केशव जोशीद्वारा प्रस्तुत राजनितिक प्रतिवेदन, निवर्तमान सचिव शिशिर नेपालद्वारा प्रस्तुत सांगठनिक प्रतिवेदन र निवर्तमान आर्थिक विभाग प्रमुखद्वारा प्रस्तुत राम घिमिरेद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरिएको थियो ।

नवनिर्वाचित कमिटीका पदाधिकारी र सदस्यहरू ।

यसैगरी आइतवार सम्पन्न घोषणा सभामा प्रमुख अतिथि राजन भट्टराईले आगामी मंसिर ४ मा हुने नेपालको संघिय तथा प्रदेशको निर्वाचनमा देश भक्तहरुलाई निर्वाचित गर्न मुमिका खेल्न आग्रह गरे । उक्त अवसरमा प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका सचिव रमेश पाण्डे, सल्लाहकार परिषद् अध्यक्ष सन्जय थापा, प्रवासी नेपाली मञ्च ओसेनियाका इन्चार्ज डा. विनोद श्रेष्ठ, अध्यक्ष राजु उपाध्याय, एनआरएन आईसीसीका सचिव होम पाण्डे, एनएसडव्लु संयोजक देव गुरुङ्ग लगायतले शुभकामना दिँदै नेपाल र नेपालीको हितमा काम गर्न नव निर्वाचित कमिटीलाई शुभकामना दिएका थिए । नव निर्वाचित सचिव प्रकाश पन्थीको संचालनमा भएको कार्यक्रममा पुन: निर्वाचित अध्यक्ष जोशीले प्रतिब्धता मन्त्वय व्यक्त गरेका थिए ।

को हुन् अध्यक्ष जोशी

सुदुरपश्चिमको डोटीमा जन्मेर कैलालीमा हुर्केका जोशी नेपालमा विद्यार्थी कालमा नै नेकपा एमालेका विभिन्न तहमा क्रियासिल रहेका थिए । बुबा नन्द लाल जोशी र आमा बिष्णु माया जोशीको प्रेरणाले राजनीति तथा समाज सेवामा लागेका जोशी एमाले कैलाली-काठमाडौं सम्पर्क मञ्चका संस्थापक कोषाध्यक्ष समेत हुन् ।

अध्यक्षमा पुनः निर्वाचित जोशी ।

सन् २००५ मा अध्ययनको शिलशिलामा अष्ट्रेलिया आएका उनी २००९ बाट मञ्चमा क्रियाशिल रहेका हुन् । २०१४ मा महासचिवमा निर्वाचित भएका जोशी २०१७को चौथो अधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएका थिए । भने २०२१ अक्टोवर ३१ देखी तत्कालीन अध्यक्ष रमेश पाण्डेले अन्तर्राष्ट्रिय कमिटीको सचिवको जिम्मेवारी प्राप्त गरे पछि अध्यक्षमा क्रियाशिल रहेका छन् । २०१३ मा एनआरएनए अष्ट्रेलियाको सदस्यमा निर्वाचित जोशी सुदुरपश्चिम समाज अष्ट्रेलियाका संस्थापक अध्यक्ष समेत हुन् ।

प्रकाशित मिति : August 29, 2022 at 12:28 pm