११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

१२ भदाै, अष्ट्रेलिया । चर्चित नेपाली व्याण्ड 1974 AD आफ्नो प्रस्तुतिका लागि एडिलेड आइपुगेको । आज साँझ स्थानिय डोम पोलस्की हलमा हुने सांगितिक कार्यक्रमका लागि फिरोज स्याङ्तान एड्रिन प्रधान सहितको व्याण्ड आएको हो ।

गिरिश इभेन्ट एण्ड इन्टरटेन्मेनको आयोजनामा एडिलेडमा आयोजित कार्यक्रमले नेपाली सबै खाल्का स्रोता विच लोकप्रिय रहेकाले दर्शक श्रोता उल्लेख्य हुने इन्टरटेन्मेन्टका निर्देशक गगन गिरीले बताए ।

1974 AD नेपाली रक ब्यान्ड हो, १९९० को प्रारम्भमा काठमाडौं, नेपालमा गठन भएको थियो। व्याण्डले नेपाली लोक, राग, रक, फङ्क, ब्लुज र ज्याजलगायत विभिन्न विधाका सङ्गीत प्रयोग गर्छन्।

सन् २०००मा व्याण्डले कन्सर्ट, ‘रक यात्रा’ ६०००० भन्दा बढी मानिसहरूले हेरेका थिए, जुन नेपालमा कन्सर्टको लागि सबैभन्दा ठूलो उपस्थिति थियो। व्याण्डका “नेपाली,” “सम्बोधन,” “पहिलो जुनिमा,” “परेलिमा,” “साँझी बसु” र “चुडैना टिमरो मायाले” र अन्य जस्ता उनका गीतहरू नेपाली संगीतमा सबैभन्दा धेरै हिट छन् । उनीहरुको सर्वाधिक बिक्रि भएको एल्बम सताब्दीको ‘नेपाली हो’ गीत अहिलेसम्मकै सबैभन्दा बढी देशभक्तिपूर्ण व्यावसायिक गीत बनेको छ ।

प्रकाशित मिति : August 28, 2022 at 9:26 am