२३ बैशाख २०८१, आईतवार | Sun May 5 2024

बर्जरको रंगोत्सब ग्राहक योजना सार्वजनिक


१० भदौ, काठमाडौँ । बर्जर पेन्टस् नेपालले यो वर्षको चाडपर्वमा बर्जर रंगोत्सब ग्राहक योजना ल्याएको छ । भदौ १ गतेबाट मंसिर १० गतेसम्म लागू हुने गरी आउदै गरेको दशैं तीहारका साथै फिफा विश्वकपलाई लक्ष्ति गर्दै कम्पनीले यो अफर ल्याएको हो ।

फिफा विश्वकप २०२२ को उत्साहलाई अझ दोब्बर वृद्धि गर्न बर्जर पेन्टस नेपालले लक्की ड्र पुरस्कार सहितको आकर्षक अफर पनि ल्याएकोछ । यस योजनामा सहभागी भई १५० भन्दा धेरै घरधनीहरुले नगद तथा जिन्सी पुरस्कारहरु जित्न सक्नुहुनेछ ।

बर्जर पेन्टस नेपालका कन्ट्री मेनेजर सत्य प्रकाशले भने हामी यो योजनासँगै चाडपर्वको उल्लाससँगै फुटबल जोशलाई जगाउने लक्ष्य राखेका छौं । यो बेला खुसी ल्याउने हाम्रो प्रयासस्वरुप हामीले उत्साहजनक अफरहरु र आकर्षक पुरस्कारहरु त्यो उत्सबलाई दोब्बर पार्न ल्याएका छौं ।

बर्जको प्रिमियम उत्पादनहरु वेदरकोट लङ्गलाईफ , वेदरकोट अल गार्ड, सिल्क ब्रिज इजी , सिल्क ल्यामर र सिल्क लक्जरी इमल्सनमा यो योजना लागू गरिएको छ । यो योजना अन्तर्गत बर्जर पेन्टस्को छनौट रेन्जबाट न्यूनतम ५०००० रुपैंयमा पेन्टस् किन्दा १०० वर्गफिट बराबरको सिल्क इलुजन वाल पेन्ट पक्का पुरस्कार प्रदान गरिनेछ ।

एक भाग्यशाली घरधनीले लक्की ड्र मार्फत सोनी ७५ इन्चको एलईडी टिभी बम्पर पुरस्कारमा जित्ने अवसर पाउन सक्नुहुनेछ भने २ जनाले सामसुङको ३४५ लिटरको रेफ्रिजेरेटरको मेगा पुरस्कार जित्ने अवसर प्राप्त गर्नेछ । त्यस्तै १० जनाले सामसुङको ७.२ किलोको वासिङ मेसिन २० जनाले , सामसुङकै ए ०३७ मोबाईल फोन र ७५ जना भाग्यशाली विजेताले एक्युफिट स्मार्ट वाच जित्न सक्नुहुनेछ ।

यसका साथै यस योजना अन्तर्गत घरधनीहरुले भर्खरै रंगाएका घरको ताजा तस्विर सामाजिक संजालमा सेयर गरी डिजिटल प्रतियोगीतामा भाग लिई आकर्षक पुरस्कार जित्न सक्नुहुनेछ । विजेताको निर्णय लक्की ड्र बाट हुनेछ भने यसको घोषणा बर्जर पेन्टस्को वेबसाईट र आधिकारीक सामाजिक संजाल मार्फत गरीनेछ ।

बर्जर रंगोत्सबको थप जानकारी नेपालमा रहेका बर्जर पेन्टसका आधिकारीक डिलरहरुबाट पाउन सकिनेछ । साथै कम्पनीको आफ्नो वेबसाईट www.bergernepa.com र आधिकारीक सामाजिक संजाल प्रोफाईलहरुबाट पनि यसबारे जानकारी लिन सकिनेछ । बर्जर जेन्सन एन्ड निकोल्सन नेपाल प्रा.लि. नेपालमा सन् २००० यता डेकोरेटिभ पेन्टसमा एक प्रख्यात कम्पनी हो । बर्जर पेन्टसे नेपालमा रंगहरुमा सबैभन्दा ठूलो रेन्ज रहेको कम्पनी हो ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार २१:१५