१४ बैशाख २०८३, सोमबार | Mon Apr 27 2026

शिक्षामन्त्री गिरीराजमणि सहभागी प्रेस सेन्टरको कार्यक्रम प्रेस चाैतारीद्धारा बहिष्कार

२२ भदाै, काठमाडाैँ । केन्द्रमा एकीकृत भैसकेको प्रेस चाैतारी र प्रेस सेन्टरको ललितपुरमा विवाद देखिएको छ । प्रेस सेन्टरले शुक्रबार अायोजना गरेको कार्यक्रम प्रेस चाैतारीले बहिष्कार गरेको छ ।

प्रेस सेन्टरले कृष्ण सेन इच्छुक पत्रकारिता पुरस्कार र मिलन नेपाली पत्रकारिता पुरस्कार वितरण कार्यक्रमको अायोजना गरेको थियो तर प्रेस चाैतारी र तत्काली नेकपा एमालेको जिल्ला कमिटीका अध्यक्ष एवम् नेतकाका प्रस्तावित अध्यक्ष हरिकृष्ण व्यन्जनकारसँग कुनै समन्वय समेत नभए चाैतारीले कार्यक्रम बहिष्कार गरेको सचिव घनश्याम धमलाले जानकारी दिए  ।

देशैभरका माअोवादी पत्रकारहरूले ललितपुरमा सदस्यता जम्मा गरेर राजनीति गर्दै अाएका छन । नेकपाको प्रवक्ताबाट राजिनामा दिएका तर स्वीकृत नभएका नेता नारायणाकाजी श्रष्ठको प्रमुख अातिथ्यतामा नेपाल बार एशोसिएसन हल लगनखेलमा अायोजना गरिएको कार्यक्रममा श्रेष्ठ नअाएपछि अन्तिममा शिक्षामन्त्री गिरिराजमणि पोखरेललार्इ अतिथि बनाएको कार्यक्रम चाैतारीले संस्थागत रूपमै बहिष्कार गरेको सचिव धमलाले जानकारी दिए ।

कार्य्रमको निमन्त्रणा गर्दाखेरी प्रेस चाैतारी र प्रेस सेन्टरको संयुक्त कार्यक्रम भनेर गरिए पनि कार्यक्रम त्यस्तो नभएपछि बहिष्कार गर्न बाध्य भएको धमलाले बताए । उनले कार्यक्रमका बारेमा चाैतारीका अध्यक्षसँग पनि कुनै समन्वय नभएको जानकारी दिए । 

प्रकाशित मिति : 13:32