२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

कुमारी बैंक र एनसीसी बैंकलाई मर्जरमा जान राष्ट्र बैंकको निर्देशन


१० भदाै, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले कुमारी बैंक र एनसीसी र बैंकलाई मर्जरमा जान निर्देशन दिएको छ । राष्ट्र बैंकले दुबै बैंकका अध्यक्षसँग छुट्टा–छुट्टै छलफल गर्दै मर्जरमा जान निर्देशन दिएको हो ।

राष्ट्र बैंकका उच्च अधिकारीहरुले ०७९ पुससम्ममा जोडी खोजेर मर्जरमा जान निर्देशन दिएका छन् । दुबै बैंकका अध्यक्षले राष्ट्र बैंकको निर्देशन बमोजिम ०७९ पुस मसान्तसम्ममा उपयुक्त जोडी खोजेर मर्जरमा जाने प्रतिवद्धता व्यक्त गरेको बताइएको छ ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार १०:१०